१० निजी मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा लागू

आजदेखि १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन् । दुई वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ ।

स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता अनुसार नै यी संस्थाले आजबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउनेछन् । बोर्डका अध्यक्ष डा। गुणराज लोहनीका अनुसार काठमाडौं उपत्यकाका चार र बाहिरका ६ वटा मेडिकल कलेज छन् ।

बीमा बोर्डका अनुसार सेवा दिने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ती अस्पतालहरुमा काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल ९केएमसी अस्पताल० सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल सितापाइला काठमाडौँ, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को रहेका छन् ।

यस्तै उपत्यका बाहिरका मेडिकल कलेजहरुमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरेनी रुपन्देही, र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।

यस्तै आजबाट स्वास्थ्य बीमा सञ्चालन हुने दुई वटा आँखा अस्पतालहरुमा बिर्ताज्योति आईकेयर प्रा. लि. झापा र दृष्टि आई अस्पताल पोखरा रहेका छन् ।

सम्बन्धित समाचार