थाइल्याण्डको राजधानी बैंककस्थित पाँचतारे होटलमा ६ जना व्यक्ति मृत भेटिएका छन् ।
मंगलबार बैंककको ग्राण्ड ह्यात होटलको पाँचौं तलाको एउटै कोठामा तीन महिला र तीन पुरुष मृत भेटिएका हुन् ।
२४ घन्टासम्म उक्त कोठामा बसेकाहरूले काउन्टरमा सम्पर्क नगरेपछि र निर्धारित समयमा चेक आउट नगरेपछि होटलका कर्मचारी उनीहरूको स्थिति बुझ्न गएका थिए ।
उनीहरू सबै भियतनामका नागरिक भएको जनाइएको छ । तीमध्ये केहीसँग अमेरिकाको पनि नागरिकता भएको घटनास्थलमा पुगेका अनुसन्धानमा संलग्न स्रेथा थाभिसिनले बताएका छन् ।
सबै मृतकहरूको शरीरमा कुनै पनि चोटपटक नदेखिएको र कोठामा सेतो पाउडरजस्तो देखिने पदार्थ भेटिएको उनले बताए । उनीहरूसँगै होटलमा बसेका एक जना फरार छन् ।
तीनै फरार व्यक्तिले बाँकी ६ जनालाई विष सेवन गराएको हुनसक्ने जनाइएको छ ।
प्रहरीले फरार रहेका व्यक्ति नै अभियुक्त रहेको आशंकामा ती व्यक्तिको खोजी गरिरहेको छ।