वैवाहिक बलात्कार मुद्दामा गायक ओडले पाए सफाइ

गायक रवि ओडले वैवाहिक जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन् । पत्नीलाई बलात्कार गरेको अभियोगमा गायक ओडलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको हो ।

अदालतका सूचना अधिकारी लक्ष्मणप्रसाद चपाईंले जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आइतबार फैसला सुनाउँदै ओड निर्दोष ठहर गरेको जानकारी दिए ।

‘ओडविरुद्ध अभियोगमा दाबी नपुगेकाले सफाइको फैसला भएको हो’, सूचना अधिकारी चपाईंले भने ।

गायक ओडविरुद्ध उनकी पत्नीले जबर्जस्ती करणी तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैत ४० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । जतिबेला ओड कामको सिलसिलामा विदेश थिए ।

विदेशबाट फर्किएर उनले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए भने जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।

सम्बन्धित समाचार