सकियो जितु र नीति अभिनित फिल्म ‘ज्वाइँ साब’को सुटिङ

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ को छायाङ्कन सकिएको छ । चित्लाङ र चितवन गरेर एक महिना लगाएर फिल्मको सुटिङ सकिएको हो ।

कलाकार र प्राविधिकहरुको साथका कारण निर्धारित समयमै फिल्मको सुटिङ सकिएको निर्देशक बसन्त निरौलाले जानकारी दिए । छायाङ्कन सकिएसँगै निर्माणटिम फिल्मको प्रोस्टप्रोडक्सनको काममा लागेको छ ।

यस फिल्ममा जितु र नीतिलाई पर्दामा जोडीको रुपमा हेर्न पाइनेछ। दुवैको भूमिका विशेष हुने निरौलाको भनाइ छ ।

मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद छ ।

फिल्ममा वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवु पाण्डे लगायतको अभिनय छ ।

सम्बन्धित समाचार