हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिकको डिभोर्स

भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिकको सम्बन्धविच्छेद भएको छ । बिहीबार राति हार्दिकले इन्स्टाग्राममार्फत आफूहरूले अलग हुने निर्णय लिएको जानकारी दिएका छन् ।

उनले अब आफू र नताशा मिलेर छोरा अगत्स्यलाई हरेक खुसी दिने प्रयास गर्ने बताएका छन् । ‘चार वर्ष सँगै बसेपछि नताशा र मैले अलग हुने निर्णय लिएका छौँ,’ उनले भनेका छन् ।

हार्दिक र नताशाको सम्बन्धविच्छेदको समाचार धेरै दिनदेखि आइरहेको थियो । तर, उनीहरू दुवैजनाले यसबारे कुनै जानकारी दिएका थिए ।

हार्दिकले लेखेका छन्, ‘यो नताशा र मेरा लागि कठिन निर्णय थियो । हामीले परिवारको रूपमा रमाइलो गर्‍यौँ, एकअर्कालाई सम्मान र समर्थन गर्‍यौँ । हामीले अगस्त्यलाई उपहारका रूपमा पाएका छौँ । ऊ अब हामी दुवैको जीवन हुने छ ।’

भारतले विश्वकप जित्दा पनि नताशाले सामाजिक सञ्जालबाट जितबारे कुनै पोस्ट गरेकी छैनन् ।

सम्बन्धित समाचार