महिला एसिया कपः यूएईद्वारा नेपालसामु १ सय १६ रनको लक्ष्य प्रस्तुत

एसीसी महिला एसिया कप २०२४ अन्तर्गत पहिलो खेलमा जितका लागि यूएईले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीसामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको दाम्बुला क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको हो ।

नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन् । उनले आफ्नो स्पेलमा १९ रन खर्च गरिन् । सवनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट झारे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार