कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरमा रहेका उनलाई विराट नर्सिङ होममा अस्पताल भर्ना गरिएको हो ।

विराट नर्सिङ होमका सूचना सहायक सजन पासवानले आचार्यलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताए । आचार्यलाई चिकित्सक राजीव साहले स्वास्थ्य परीक्षण गरिहेका छन् । पासवानले भने, “नाकबाट ब्लड गएपछि उपचारका लागि भर्ना हुनुभएको छ ।”

हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए । उगी प्रकाश मुन्दडाले आफूहरुको कार्यक्रममा शनिबार महजोडी सहभागी भएको बताए ।

आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् ।

सम्बन्धित समाचार