फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अभिनेता निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मकै मुख्य भूमिकाका लागि बस्नेतलाई अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।
यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने देखिने पक्का भइसकेका छन् । दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्मको छायाङ्कन साउन २५ गतेबाट सुरु हुनेछ । अब फिल्मको प्रि–प्रोडक्शनको कामलाई तिव्रता दिने बताएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अन्य कलाकारहरु फाइनल गर्दै जाने निर्माणपक्षले जनाएको छ । यस फिल्मको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् ।
युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए ।