यसवर्ष ९विसं २०८०० को मदन पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन् । मदन पुरस्कार गुठिलाई प्राप्त भएका ३ सय ४ पुस्तकहरूमध्येबाट ५ वटा पुस्तक छनोटमा परेको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
दीक्षितले मंगलबार छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन् । यी पाँचमध्ये एक पुस्तकले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार आगामी असोजमा वितरण गरिने छ ।
उत्कृष्ट पाँचमा परेका कृतिमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।