‘देवी’ को पोस्टरमा यस्तो छ गौरव र नाजिरको ‘लुक’

नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर फिल्म ‘देवी’ को पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक दुइ पोस्टरमा नाजिर र गौरवको लुक देख्न सकिन्छ ।

यसअघि नै मुख्य अभिनेत्री शिल्पाको पोस्टर सार्वजनिक भइसकेको छ । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस फिल्मले क्राइम थ्रिलर कथा पेस गर्ने जानकारी निर्माणपक्षले जनाएको छ । सञ्जोग राई निर्देशन रहेको यो फिल्म भदौ २१ गतेबाट रिलिज हुनेछ ।

बाँसुरी फिल्म्ससँगको सहकार्य रहेको यो फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । फिल्ममा अभिनेता टीका पहारीको पनि अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार