‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने परिस्थिति वरिपरि ट्रेलर घुमेको छ ।

ट्रेलरमा मुख्य भूमिकामा रहेका कलाकाहरु नम्रता सापकोटा उच्च वर्ग र गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशक राजु गिरी हुन् । फिल्ममा गौरव र नम्रतासहित विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार