कप्तान रोहित र अलराउन्डर दीपेन्द्र क्यानडा जाँदै

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० लिग खेल्न आज राति क्यानडा प्रस्थान गर्दैछन्। भिसा आउन ढिला भएका कारण रोहित र दिपेन्द्र आज राति मात्र क्यानडा जान लागेका हुन्। दुवै क्यानेडियन फ्रेन्चाइज लिग ग्लोबल टि–२० का लागि दिल्ली हुँदै जानेछन्।

दीपेन्द्र र सन्दीप लामिछानेले भ्यानकुभर क्नाइट्सबाट खेल्दैछन्। सन्दीप भने बिहिबार नै क्यानडा पुगिसकेका छन्। रोहितले भने टोरोन्टो नेशनल्सबाट लिग खेल्नेछन्। रोहितको यो पहिलो फ्रेन्चाइज लिग हो। लिगको उद्दघाटन खेलमा भोलि (शुक्रवार) बिहान टोरोन्टो र भ्यानकुभर भिड्ने छन्। तर उद्घाटन खेलमा दुवै सहभागी हुने छैनन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार