यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेश्रो स्थान हासिल गरेको नेपाली भलिबल टिम स्वदेश फकिएको छ ।
माल्दिभ्सको मालेमा यु–२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो । च्याम्पियनसिपको सेमिफाइनलमा नै रोकिएपछि तेश्रो स्थानका लागि नेपालले आयोजक माल्दिभ्ससँग खेल्ने मौका पाएको थियो जसमा नेपालले ३–० कोसोझोसेटमा पराजित गर्दै काँस्य पदक जितेको थियो ।
नेपाल फर्किएपछि यु–२० महिला टोलीका कप्तान जेनिशा विश्वकर्माले प्रतिष्पर्धी टोली बलियो भएको र पहिलो पटक अन्तराष्ट्रिय खेले पनि सोचेजस्तो खेल देखाउन नसकेको बताइन् । च्याम्पियनसिपबाट धेरै अनुभव प्राप्त भएको र आगामी दिनमा सुधार गरेर अघि बढ्ने उनले बताइन् ।
नेपाली महिला भलिबलको इतिहासमा उमेर समूहको टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो ।