ललितपुरका तीन जनामा हैजा पुष्टि

ललितपुरमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद तीन युवकलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याइएको थियो ।

‘तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भयो,’ डा. पौडेलले भने, ‘त्यही सुधार केन्द्रका सोमबार ल्याइएका २८ वर्षीय युवकमा पनि पुष्टि भएको छ ।’ सुधार गृहका तीन जनालाई वार्डमा भर्ना गरिएको थियो । ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि टेकु अस्पतालले पाटनमा रेफर गरेको थियो भने बाँकी दुई जना अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए ।

सम्बन्धित समाचार