वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ सहितका गोक गीत निकै चर्चित छन्।

वि.सं. १९९३ सालमा धनकुटामा जन्मिएका जोशी पछि झापा बसाइँ सरेका थिए। विर्तामोडस्थित घरमा बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका उनलाई उपचारको लागि अस्पताल लैजानेक्रममा निधन भएको हो। जोशी लामो समयदेखि मधुमेहका बिरामी थिए थिए। उनको आजै बिहान झापाको कन्काई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए। उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए। जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै पनि चर्चित छन्। उनले २०१३ सालमा पहिलोपटक ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको गीत रकेर्ड गराएका थिए।

२०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार