ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

ग्लोबल आइएमई बैङ्कको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैङ्कको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि दर्जनौँ सामाजिक सङ्घसंस्थामा रहेर काम गरेकी छन् ।

ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैङ्कको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ । बैङ्कको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनुहुन्छ भने अन्य सञ्चालकहरूमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार