देउवाको मन हामीसँगै छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। देउवाको शरीर एमालेतिर भएपनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन? भनेर बुझ्नुपर्ने उनको जिकिर थियो।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उनले केपी ओलीले नकारात्मक रुपमा लिन्छन कि भनेर अत्तालिएको हुनसक्ने टिप्पणी पनि गरे।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं। शेरबहादुरजी आत्तिनुभएको होला। यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला। हामी बुझ्दछौं यी सबै कुराहरू,’ अध्यक्ष नेपालले भने, ‘यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ। त्यसो हुनाले केही फरक पर्नेवाला छैन। शेरबहादुर जी तपाई आउन नपाए पनि तपाईको भावना हामीसँग छ भन्ने ठानेका छौं। शरिर त्यहीँ छ, मन यतापट्टी छ।’

अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पुर्‍याउने कुनैपनि सैह्य नहुने बताए। ‘यो संविधान संशोधन जस्तो विषय गोप्य रुपमा गर्ने हो विषय हो? अवश्य पनि संविधानका धेरै विषयहरुमा बहसको आवश्यकता छ। लगभग १० वर्षको हाम्रो अभ्यासको समिक्षा गर्नुपर्ने आवश्यकता छ। तर गुपचुपमा संविधान संशोधन गर्नेकुरा कति जायज हो? त्यसो हुनाले मुल कुरा के हो? संविधान संशोधन, होइन। मुल कुरा अर्कै छ। त्यो के छ नभनि हालौं। त्यसो हुनाले आफ्ना आफ्ना स्वार्थ सिद्धी गर्नका लागि अनेक किसिमको जामा पहिरिए पनि वास्तविक समयमा उजागर हुनेछ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार