भारतको झारखण्डमा रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

भारतको झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बीबीसी हिन्दीका अनुसार मुम्बई–हावडा मेल बडाबम्बुनजिकै बिहान ४:४५ बजे दुर्घटना भएको हो । यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ ।

एक वरिष्ठ रेल अधिकारीले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ । हावडा-मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट उछिट्टिएर छेउमा रहेको मालगाडीसँग ठोक्किएको थियो ।

दुर्घटनापछि त्यहाँ अरू रेलहरूको रुट परिवर्तन गरिएको छ । कतिपयलाई गन्तव्यमा पुग्नबाट रोकिएको छ । घाइतेलाई उपचारका निम्ति चक्रधरपुरतर्फ लगिएको र बाँकी यात्रुलाई बसमार्फत उनीहरूको गन्तव्यतर्फ पठाइएको जनाइएको छ ।

सम्बन्धित समाचार