पेरिस ओलम्पिक २०२४ मा नेपालका पौडीबाज एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् ।
सय मिटर फ्रिस्टायलमा आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान क्रममा शाहले ५१.९१ सेकेन्डमा पौडिए ।
यसअघि उनले गत फ्रेब्रुअरीमा यो स्पर्धमा कीर्तिमान बनाएका थिए । कतारको दोहामा भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा उनले ५२.१७ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान बनाएका थिए ।
यद्यपी उनी ७९ खेलाडीले भाग लिएको सय मिटर फ्रिस्टायलमा ५९ औं स्थानमा रहे । जसका कारण उनी हिट चरणबाटै बाहिरिए ।
शाहले दोस्रो पटक ओलम्पिक खेलेका हुन् । उनले गत संस्करणको टोकियो ओलम्पिकमा ५३.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । त्यतिबेला उनी ७० जना पौडिएकोमा ५९ औं स्थानमा थिए ।