पछिल्लो पटक नेटफ्लिक्सको चर्चित सिरिज ‘हीरामण्डी’मा अभिनय गरेकी बलिउड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । उनी गैह्रीधारामा अवस्थित एलिसमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन’लन्च गर्न साउन २६ मा नेपाल आउने भएकी हुन्।
ट्रुडर्मा ब्रान्डका निर्देशक सुशान्त मुरारकाले ट्रु स्किन ब्रान्डका उत्पादन लन्च गर्न शेख नेपाल आउन लागेका हुन् ।
शेख आफैंले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।
‘हीरामण्डी’मा सन्जिदा शेखले ‘वाहिदा’ नाम पात्रको भूमिका निर्वाह गरेकी छन् । वाहिदा मल्लिकाजान र रेहाना नामक पात्रकी कान्छी बहिनी हो । मल्लिकाजानको भूमिका मनिषा कोइरालाले निर्वाह गरेकी छन् ।