कक्षा १२ ग्रेड वृद्धि पुरक ९मौका० परीक्षा आगामी भदौ २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ । दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । यस वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको बोर्डले जनाएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ। उनीहरूले मौका परीक्षा दिन पाउने बोर्डको सूचनामा उल्लेख छ ।