काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई ३–० ले हराएको छ । योसँगै भारत फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो ।
भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो । पहिलो र दोस्रो सेटमा सहज जित निकालेको भारतले तेस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो ।
भारतले अब उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग खेल्नेछ । पराजित भएको श्रीलंकाले भने तेस्रो स्थानका लागि दोस्रो सेमिफाइनलमा पराजित टोलीसँग खेल्नेछ ।