क्युबाली पहलमान मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा एउटै प्रतियोगितामा स्वर्ण पदक जितेर इतिहास रचेका छन् ।
अबको केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान बनाएका हुन् । उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौँपटक व्यक्तिगत उपाधि जितेका हुन् ।
मिजान लोपेजले आफ्नो पाँचौँ स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोडेको र उनले ग्रिको–रोमन कुस्तीबाट सन्न्यास लिएको भनिएको छ। तर, उनले औपचारिक रूपमा घोषणा गरेका छैनन् ।