आफ्नै दुई छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ

ओखलढुंगामा आफ्नै दुई छोरालाई अमानवीय ढंगले चरम यातना दिएको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार शेर्पाले आफ्ना चार वर्षीय र ६ वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए ।

जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । शेर्पाले आफ्नै ६ वर्षीय छोरालाई कुटपिट गर्नुका साथै खड्कुलोमा हाली पानीसँगै उमाल्ने, डोरीले बाँधेर उल्टो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । शेर्पाले छोरालाई चरम यातना दिने र आफैंले भिडियो बनाएर सामाजिक सञ्जालमार्फत श्रीमतीलाई पठाउने गर्छन् । शेर्पाकी श्रीमती भने रोजगारीका लागि साइप्रसमा छन् ।

नेपालमा हुँदा आफूलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पाले बताएको प्रहरीले बताएको छ । आफूलाई रिस देखाउन छोरालाई यातना दिएर भिडियो खिचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साइप्रसबाट शेर्पाले बताएकी छन् । त्यस्तै, खुट्टासमेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । उक्त भिडियो जीवन लिम्बुको फेसबुक पेजबाट पोस्ट भएको देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार