टोकियो ओलम्पिकमा चीनको ३ स्वर्ण पदकसहितको अग्रता

जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा चीन सबैभन्दा अगाडि छ ।

पहिलो स्वर्ण जित्ने देश चीन बन्यो । सुटिङको महिला १० मिटर एयर राइफलमा चीनकी याङ क्वीन पहिलो स्वर्ण पदक जितेकी हुन् । यसका अतिरिक्त चीनले वेट लिफ्टिङ् र फिन्सिङ्मा १ १ स्वर्ण जित्यो ।

यसैगरी आयोजक राष्ट्र जापानले पनि १ स्वर्ण पदक जित्न सफल भयो । जापानले ६० केजी जुडोमा स्वर्ण जितेको छ । यसैगरी पदक तालिकामा दक्षिण कोरीया, इटली, अमेरीका लगायतका देशहरु छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार