काठमाडौँ – काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन विमानस्थलबाट बिहान ९ः४० मा भैरहवाका लागि उडेको जहाजको इञ्जिनमा आगो देखिएपछि काठमाडौँ फर्काएर आकस्मिक अवतरण गराइएको हो ।
विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए । जहाजको सुरक्षित अवतरण गरिएको छ ।उक्त जहाज ७२ जना यात्रु सवार थिए।
उडेको २३ मिनेटमा त्रिभुवन विमानस्थलमा फर्किएको हो । जहाज थाक्रेको गुराँस भन्ने प्वाइन्टबाट फर्किएको विमानस्थलले जनाएको छ।
https://www.tvannapurna.com/110361/2023/03/09/
https://www.tvannapurna.com/110348/2023/03/09/