नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको कारणले गर्दा राजीनामा दिएको बताएका छन् ।

अल्मुताइरीले सामजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । ‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?

गत चैत २२ गते अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

प्रो-लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फुटबल एसोसिएसनबीच  सम्झौता भएको थियो।

यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए। यस्तै उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए। उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार