नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।