धारिलो हतियार प्रहार गरेर वृद्धको हत्या, धान खेतमा भेटियो शव

रौतहटको गौरमा गएराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो ।

महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।

महतोको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका गहिरो चोट छन् । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार