दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव राखेको छ । यसअघि नेपालले १३ औं संस्करणको साफ आयोजना गर्ने दाबी गरेको थियो ।
साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आइतबार आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
बंगलादेशले आन्तरिक कारण देखाएर प्रतियोगिता नगर्ने भनेपछि अरूले आयोजना गर्ने बाटो खुलेको हो । नेपालसँगै भारत, श्रीलंका र माल्दिभ्सले पनि प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएका थिए ।
एन्फाको प्रस्तावलाई अध्ययन गरेर साफ आयोजनाको अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यसमितिले नै गर्नेले एन्फाले बताएको छ । साफ च्याम्पियनसिपमा यस पटक ५ टिमले मात्र खेल्ने लगभग पक्का छ ।