दुई मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले दुई मनि एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले काठमाडौंमो ठमेलमा रहेको रेन्बो मनि एक्सचेञ्ज प्रालि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्सचेञ्ज प्रालिको इजाजतपत्र रद्द गरेको हो । 

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा भएको व्यवस्था बमोजिम यी दुई कम्पनीले तोकिएको समयमा वीकरण नगरेका कारण इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार