यातायात कार्यालय एकान्तकुनाका सुब्बाविरूद्ध मुद्दा दायर

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरूद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रेग्मीले अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि २० हजार रूपैयाँ घुस लिएको अख्तियारको दाबी छ । प्रयोगात्मक परीक्षामा फेल भए पनि कम्प्युटरमा पास जनाएर उनले चालक अनुमतिपत्रमा वर्ग बी थप गरिदिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार