चलचित्र ‘सतीदेवी’को गीत सार्वनिक भएको छ । ‘माया बसेको रैछ’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
गीतमा लक्ष्मण सुवेदीको शब्द रहेको छ । संगीत दीपक शर्माको रहेको गीतमा प्रताप दास र दीपा लामाको स्वर छ ।
गीतको भिडियोमा सिनेमाकी मुख्य पात्र मलिका महत र सन्दीप बाबु लोहनी फिचर्ड छन् । ‘सतीदेवी’ भदौ ७ गते रिलिज हुँदै छ ।