आगजनी गरेको आरोपमा एक जना पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले गोठमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।

यही फागुन २३ गते राति आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सू सूचना अधिकारी मदन केसीले बताएका छन् । आगजनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।