सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

यसअघि साउन २९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो ।

शुक्रबार सुनको मूल्य घट्दा चाँदी भने बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार