समुद्री तटमा भेटियो २१ दिनदेखि अष्ट्रेलियामा हराएका पाँचखालका सुभाषको शव

अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्ट्रेलियाको सिड्नी पुगेका पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष सुभाष बोलखे मृत भेटिएका छन् । विगत २१ दिनदेखि सम्पर्कविहीन भएका पाँचखाल नगरपालिका–७ का सुभाषको शव भेटिएको हो ।

शनिबार बिहान १२ बजेतिर समुद्रको तटमा उनको शव भेटिएको जनाइएको छ । सुभास गत साउन १२ गतेदेखि सम्पर्कविहीन थिए । उनी नौ महिनाअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका थिए । सुभाष परिवारका कान्छा छोरा हुन्।

विगत ९ महिनादेखि अष्ट्रेलियामा रहेका उनी सुरुमा साथीहरूसँग बस्थे। पछिल्लो दुई महिनादेखि भने उनी एक्लै बस्दै आएका थिए।

उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको र आवश्यक अनुसन्धान भइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो।

सुभास सम्पर्कविहीन भएलगत्तै सिड्नीस्थित प्रहरी निकायले पनि आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह गरेको थियो।

सम्बन्धित समाचार