कपनमा जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं महानगरपालिका–६, कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का ४१ वर्षीय बद्री पौडेललगायत व्यक्ति छन् ।

सरस्वतीनगरमा बस्दै आएका उदयपुरको ताप्ली गाउँपालिका–१ का ५० वर्षीय उद्धवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार (हिजो) साँझ उनीहरूलाई नगद ३९ हजार ७२५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार