अघिल्लो कारोबारका दिन करिब ३ वर्षपछि ३ हजार विन्दुमाथि पुगेको नेप्से परिसूचक ३४ अंकले घटेर २९ सयतर्फ झरेको छ ।
साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३४.४७ अंकले घटेर २ हजार ९६६ सय ३३ विन्दुमा कायम भएको हो । बिहीबार ४३ अंकले बढेर ३ वर्षपछि ३ हजार बिन्दुमा पुगेको नेप्से आइतबार दोहोरो अंकले घट्यो ।
दिनभर बजारमा तीव्र उतारचढाव देखियो । ११:५८ बजे ३ हजार ४८ अंकसम्म पुगेको बजार २:४२ बजे २ हजार ९४७ अंकसम्म झरेको थियो । बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।
आज राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीपर्पसफाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् भने यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । आज हिमालय रिको सर्वाधिक ८२ करोड, अपि पावर कम्पनी ७८ करोड, कुमारी बैंक ६५ करोड, एचआईडीसीएल ५२ करोडको कारोबार भएको छ ।