अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहेकी उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्ने भएकी छन् ।
विजयका लागि महत्त्वपूर्ण मानिएका राज्यमा आफ्नो अभियानलाई फैलाउन राज्यका विभिन्न स्थानमा पुग्ने क्रममा उनको चुनावी दौडाहाले दिन प्रतिदिन समर्थन बटुल्ने क्रम पनि जारी रहेको देखिन्छ ।
गाजामा इजरायलको युद्धको विरोधमा भइरहेको प्रदर्शनले छायाँमा पारेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनको चर्चा दिन प्रतिदिन चुलिन थालेको छ ।
राष्ट्रपति जो बाइडेनले करिब एक महिना पहिले निर्वाचनबाट आफ्नो उम्मेदवारीलाई फिर्ता गर्दै आफ्ना सहयोगी ह्यारिसलाई समर्थन गरेका थिए । अभियानमा उत्साहको लहर चलाउँदै उपराष्ट्रपति ह्यारिसले आफ्ना चिरपरिचित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध आफ्नो चुनावी नारा लिएर आइतबार पेन्सिलभेनिया राज्यका विभिन्न स्थानको र्यालीलाई सम्बोधन गरिन् ।
त्यसपछि ५९ वर्षीय ह्यारिस डेमोक्र्याट्स प्रशंसकको स्वागतका लागि सिकागो पुग्नेछिन् । उनको अभियानले सिकागोको चुनावमा ट्रम्पको अग्रताको सम्भावनालाई क्षीण बनाएपछि गत हप्ता ट्रम्पले त्यहाँ माहौल फेरि आफ्नो पकडमा आउने आशा व्यक्त गरेका थिए ।
गाजामा हमासविरुद्ध इजरायलको युद्धलाई बाइडेन–ह्यारिस प्रशासनले समर्थन गरेको भन्दै यसको विरोधमा आइतबारदेखि हरेक दिन हजारौँ प्रदर्शनकारी सिकागो उत्रिने अपेक्षा ट्रम्पले गरेका छन् ।
प्रदर्शन आइतबारदेखि सुरु भएर बिहीबार पनि जारी रहने अपेक्षा गरिएको छ । यो समयमा डेमोक्र्याटिक पार्टीको विशेषगरी सोमबार र बुधबार मुख्य सभा हुने बताइएको छ ।
डेमोक्रयाटिक पार्टीका लागि पनि चार दिने प्रचारप्रसार ट्रम्पको हत्याको प्रयास र ८१ वर्षीय बाइडेनको आश्चर्यजनक बहिर्गमनसहित स्मृतिमा सबैभन्दा उथलपुथलपूर्ण चुनावी चक्रको कडीमा ताजा हुनेछ ।
अमेरिकी इतिहासका सबैभन्दा वृद्ध राष्ट्रपति पदका उम्मेदवार बाइडेनले केही गर्न नसक्ने उनको तुलनामा आफू अझै उर्जावान् रहेको भन्दै आफ्नो अभियानलाई अघि बढाएका रिपब्लिकन उम्मेदवार तथा पूर्व उपराष्ट्रपति ट्रम्प एकाएक झमेलामा फसेका छन् । बाइडेनको उम्मेदवारीबाट फिर्ता हुने निर्णयसँगै उपराष्ट्रपति ह्यारिसलाई दिएको समर्थनले ट्रम्पको दाबी अनुसार उनी नै वृद्ध उम्मेदवार बनेका छन् ।
रिपब्लिकनहरूले यस मुद्दामा अडिग रहन आग्रह गरे तापनि ट्रम्पले ह्यारिसको व्यक्तिगत अपमान र आलोचना गरेका छन् । पेन्सिलभेनियामा शनिबार एक र्यालीका लागि जाँदै गर्दा पूर्व राष्ट्रपति ट्रम्पले आफू ह्यारिसभन्दा ‘धेरै राम्रो देखिने’ भन्दै उनलाई ’पागल’ को संज्ञा दिएका थिए ।
पेन्सिलभेनिया, अमेरिकाको ग्रामीण क्षेत्रमा सम्भवतः सबै प्रतिस्पर्धा हुने राज्यमध्ये सबैभन्दा मूल्यवान् मानिएको छ । यसले सन् २०२४ को चुनावी दौडलाई परिभाषित गर्न सक्छ र उम्मेदवारहरूले त्यस क्षेत्रको बारम्बार भ्रमण गरिरहेका छन् ।
नयाँ डेमोक्रयाटिक मानक वाहक ह्यारिसले आइतबार टिम वाल्जसँग केही महत्त्वपूर्ण प्रचारबारे निर्णय गरेकी छन् । पिट्सबर्गबाट बस यात्रा सुरु गर्नु अघि पश्चिमी पेन्सिलभेनियामा गरिब श्रमिक वर्गका मतदाताहरूलाई आकर्षित गर्न धेरै अभियान स्टेसन बनाई कार्यक्रमको घोषणा गरेकी छन् ।