घरायसी विवादमा श्रीमतीको हत्या, आरोपी पक्राउ

झापाको शिवसताक्षी नगरपालिका–८ का एक पुरुषले आफ्नी पत्नीको हत्या गरेका छन् । श्रीमतीको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घरायसी विवादमा मंगलबार साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

घरायसी विवादमा अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार