सूर्यदर्शन सहकारी प्रकरण : नकर्मीलाई थुनामा पठाउने आदेश

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले थप एकजनालाई थुनामा पठाउने आदेश गरेको छ ।

सहकारीका सचिव अनुज नकर्मीलाई जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशसँगै नकर्मी कारागार चलान भएका छन् ।

उनी गत भदौ २ गते काठमाडौंस्थित दक्षिणकालीबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई कास्की प्रहरीमा ल्याइएइको थियो ।

आइतबार अदालतमा उपस्थित भएपछि उनीमाथि थुनछेक बहस चलेको थियो । बहसपछि न्यायाधीशले थुनामा पठाउने आदेश गरेका हुन् । योसँगै सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासत ६ जना पुगेका छन् ।

गितेन्द्रबाबु ‘जीबी’ राईको नेतृत्वमा खुलेको पोखराको सूर्यदर्शन सहकारीबाट एक अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख गरिएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ ।

यो सहकारी ठगी प्रकरणमा पहिले १९ जनासहित अहिले पक्राउ पुर्जी जारी हुनेमा ४४ जना पुगेका छन् । अहिले सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ ९महेन्द्र भोटे०, पूर्व सञ्चालक प्रमोद भट्टराई, भविश्वर अर्याल थुनामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार