श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

डोटीमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले ४५ वर्षकी श्रीमती नरु साउदको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।

प्रहरीले उनलाई घटना भएको एक घण्टाभित्र हत्या गरेर भाग्दै गरेको अवस्थामा पूर्वीचौकीबाटै नियन्त्रणमा लिएको छ ।

अपराह्न सवा चार बजे जानकारी भएपछि अहिले जिल्ला प्रहरी कार्यालय डोटीको टिम घटनास्थलतर्फ गइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार