नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले शुक्रबार सूचना जारी गर्दै रिक्त अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको हो ।
ती पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।
सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानबाट १४ जना, खुलाबाट १४७ जना, महिला २४, आदिवासी/जनजाती ३८, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जना भर्ना गर्न चाहेको जंगी अड्डाले जनाएको छ ।
त्यसका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना