डब्ल्यूएचओले गर्‍यो मंकीपक्स नियन्त्रण योजनाको घोषणा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार एमपक्स भाइरसको नयाँ अधिक संक्रामक ‘क्लेड१बी’ भेरियन्ट नियन्त्रणका निम्ति आउँदो ६ महिनामा कम्तीमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले यसका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने, “एमपक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ । तर, यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।”

यो ६ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका निम्ति १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

एमपक्स (मंकीपक्स)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्ल्यूएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

सम्बन्धित समाचार