कोरियामा मृत्यु भएकी सोनुको शव नेपाल ल्याइयो

दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ ।

श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रबार नेपाल पठाएका हुन् । आज १२-१ बजेसम्ममा शव घर नै ल्याइपुर्‍याउने जानकारी पाएको माई नगर प्रमुख खम्बसिं लिम्बूले बताए ।

कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज सोनसिक र त्यहाँस्थित इलामेली समाजले उनको शव गृह जिल्ला पठाउने खर्च संकलन गरी सहयोग गरेका थिए । सोनुको शव नेपाल पठाउन कोरियाबासी नेपालीले महत्वपूर्ण सहयोग गरेका थिए ।

विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो । उनी कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन् । सोनुका बुबा लीलाकुमार श्रेष्ठको पनि वैदेशिक रोजगारी सिलसिलामा गत जेठमा मलेसियामा मृत्यु भएको थियो ।

इलामकी २० वर्षीया सोनुको हृदयघातबाट कोरियामा मृत्यु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार