बोरामा लुकाएको अवस्थामा १६ किलो चरेससहित एक महिला पक्राउ

कैलाली प्रहरीले १६ किलो १८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोलस्थित घरबाट बझाङको बुङ्गल नगरपालिका-२ की ४५ वर्षीया मंगलीदेवी धामीलाई पक्राउ गरेको हो । उनको घरबाट प्रहरीले तराजुसमेत बरामद गरेको छ ।

लागुऔषध चरेसको ओसारपसार तथा कारोबार हुने गरेको गोप्य सूचना पाएपछि धामीको घरमा खानतलासी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

रित पूर्वक खानतलासीको पुर्जी दिएर उनको घरमा खानतलासी गरेको प्रहरीले जनाएको छ । खानतलासीको क्रममा कोठाभित्र बोरामा लुकाइएको अवस्थाबाट चरेस बरामद गरेको प्रवक्ता बोहराले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार