ललितपुरमा क्याफेबाट लागुऔषध बिक्री, चार जना पक्राउ

ललितपुरबाट लागु औषधसहित चार जना पक्राउ परेका छन् ।

महालक्ष्मी नगरपालिका-१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफ्बाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

गएराति लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो ।

उक्त टोलीले सोही ठाउँमा बस्ने २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका-७ बस्ने ३५ वर्षीय पदम लामा, सानागाँउ बस्ने २९ वर्षीया सबिना महर्जन र महालक्ष्मी नगरपालिका-९ बस्ने २९ वर्षीय अमुल पोख्रेललाई पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले ७० पत्ता ट्रामाडोल, एउटा खुकुरी र मोटरसाइकल बरामद गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार