नाडा अटो शो सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

अर्थमन्त्री पौडेलले शोमा विभिन्न ब्रान्डका ईभीको उद्घाटन गरे । नाडाका अध्यक्ष करन चौधरीले यसपटकको नाडा अटो शो विशेष रहने बताएका छन् । नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू प्रदर्शनीमा राखिएको जानकारी दिए ।

लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार