काठमाडौँ । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शो २०२४ को पहिलो ३ ओटा मोडल सार्वजनिक गरेको छ । स्टल नं एक–१६ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन नयाँ मोडल सार्वजनिक गरेका हुन् ।
यी तीन मोडल ई–क्युट ०२, ई–क्युट ०४ र इलेक्ट्रीक एसयूभी एक्स३ प्रो ईभी रहेका छन् । ई–क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जस्मा २०० कि.मी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसै गरी ई–क्युट ०४, ३०० कि.मी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसै गरी तेस्रो मोडल एक्स३ प्रो ईभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।
यस नाडा स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिद मा ग्राहक ले ७.३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।