यही आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ । बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको छ ।
त्यसैगरी श्रीलंकामा जेलजीवन बिताइरहेका २ नेपालीको सजाय आममाफीका लागि राष्ट्रपतिले समकक्षीलाई पत्र लेख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषद्ले एनसेलको खरिद-बिक्रीसम्बन्धमा बनेको छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ ।


